Galatians 2:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस एन्‍टिओखिया आएको बेला मैले खुल्‍लमखुल्‍ला उनको दोष देखाइदिएँ। उनी दोषी थिए। याकूबले पठाएका मानिस आउनुभन्दा अघि पत्रुसले अरू जातिका विश्‍वासीहरूसँगै बसेर खाँदै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब केफास एन्‍टिओखियामा आए, तब मैले उनलाई खुल्‍लमखुल्‍ला विरोध गरें। किनकि उनी दोषी थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पत्रुस एन्टिओखियामा आए, तब मैले खुल्‍लमखुल्‍ला उनको विरोध गरेँ, किनकि उनी एकदमै दोषी थिए।
Nepali ERV (पवित्र बाइबल)
जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।
Nepali Tamang 2011
तर पत्रुस एन्‍टिओखिया भिबा ग्‍लारी धोखमाहेन्‍से ङाइ थेदा जम्‍मालान ङाच्‍छा बिरोध लजी। तिग्‍दा भिसम थेसे लबा गे गल्‍ती मुबा।