Galatians 2:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू आएपछि भने अरू जातिका विश्‍वासीहरूबाट छुट्टिएर बसे किनभने अरू जातिका मानिसमा पनि खतना लाउनुपर्छ भन्‍नेहरूदेखि उनी डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले पठाएका मानिसहरू आउनभन्‍दा अघि उनले अन्‍यजातिहरूका साथमा खाने गर्दथे। तर जब तिनीहरू आइपुगे तब उनी अन्‍यजातिहरूबाट पछि हटेर अलग भए, किनकि उनी खतनाका दलदेखि डराएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबले पठाएका मानिसहरू आइपुग्नुअगि उनी गैरयहूदी विश्‍वासीहरूसँगै खाने गर्दथे। तर जब उनीहरू आइपुगे, तब उनी गैरयहूदी विश्‍वासीहरूबाट अलग भए; किनकि उनी खतना भएकाहरूसँग डराएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित संगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किन? किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे।
Nepali Tamang 2011
थे याकूबसे पुइखबा म्‍हिगदे धोखबा भन्‍दा ङाच्‍छा चा अर्गु य्‍हुलला म्‍हिगदेदेन छ्‌यामनोन चिसी चबा थुङ्बा लमुबा। तर याकूबसे पुइखबा म्‍हिगदे धोखमाहेन्‍से अर्गु य्‍हुलला म्‍हिगदेदेन छ्‌याम आचिनी। तिग्‍दा भिसम खतना लबा म्‍हिगदे म्राङ्सी थे लोङ्मुबा।