Galatians 2:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले उनीहरूलाई सुसमाचारको सत्यताबाट अलमलिएको देखें र पत्रुसलाई सबैको सामु भने, “तपाईं इस्राएली हुनुहुन्छ र पनि तपाईं अरू जातिका मानिसहरूजस्तै हुनुहुन्छ, इस्राएलीजस्तै हुनुहुन्न। कसरी तपाईंले अरू जातिका मानिसहरूलाई चाहिँ इस्राएली चालमा चल्न लाउनुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब सुसमाचारको सत्यताबमोजिम तिनीहरू नचलेका मैले देखें, तब तिनीहरू सबैका सामुन्ने मैले केफासलाई भनें, “तपाईं यहूदी भईकन यहूदीजस्तो नभई अन्यजातिहरूजस्तै चल्नुहुन्छ भने, अन्यजातिहरूलाई यहूदीजस्तै जिउन कसरी कर लाउनुहुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार व्यवहार नगरेको देखेँ, तब मैले पत्रुसलाई सबैको सामु खुल्लमखुल्ला भनेँ, “तपाईं यहूदी हुनुहुन्छ, तापनि तपाईं यहूदी रीतिअनुसार नचलेर गैरयहूदी रीतिअनुसार जिउनुहुन्छ। तब कसरी तपाईंले गैरयहूदीहरूलाई यहूदी परम्परालाई पछ्याउन कर लगाउनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
मैले यी यहूदीहरूको मन विचारे। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाँउछौ?”
Nepali Tamang 2011
तर ङाइ थेनीगदेदा थार्बा पिन्बा समाचार अन्छार सत्यरी भ्रबा आम्राङ्नी। थेतबासेलमा थेनीगदे जम्मालान ङाच्छा ङाइ पत्रुसदा “ह्राङ यहूदी तसीनोन अर्गु य्हुलला म्हिगदे ह्रङ् लसी भ्रमुला भिसम खाह्रङ् लसी अर्गु य्हुलला म्हिगदेदा चा यहूदी ह्रङ् लसी भ्रउ भिसी पाङ्खम्ला” भिसी पाङ्जी।