Galatians 2:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि हामी ख्रीष्टमा एक भएरै परमेश्वरका सामु ठीक ठहरिन खोज्दा हामी इस्राएली पनि अरू जातिका मानिसजस्तै पापी नै फेला पर्यौं भने के ख्रीष्टले पापको सेवा गर्नुभयो त? अँहँ, होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि ख्रीष्टमा धर्मी ठहरिने प्रयत्न गर्दा हामी पापी भेट्टाइन्छौं भने, ख्रीष्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? कदापि होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर यदि हामी यहूदीहरू ख्रीष्टद्वारा धर्मी ठहरिन खोज्दछौँ भने हामीहरू पनि पापीहरू नै हौँ भन्ने बुझिन्छ, के यसको मतलब येशू ख्रीष्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? अहँ, होइन!
Nepali ERV (पवित्र बाइबल)
धर्मी बन्न हामी ख्रीष्टमा विश्वास गरयौ। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाँउछन्? पक्कै होइन।
Nepali Tamang 2011
चुदे य्हाङ ख्रीष्टदेन छ्याम गिक तसी परमेश्वरदा सेम निबा म्हि दोबारी म्हाइमा खालैसे य्हाङदाएनोन पापीन पाङ्जी भिसम तिग ख्रीष्टसे य्हाङदा पाप लपुङ्बा हिन्ना? पक्कान आहिन।