Galatians 2:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती ठूलाहरू जतिकै ठूला भए पनि मलाई केही फरक पर्दैन। परमेश्‍वरले मान्‍छेको मुख हेर्नुहुन्‍न। ती ठूलाहरूले मलाई कुनै पनि नयाँ सल्‍लाह दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रतिष्‍ठित देखा पर्ने व्‍यक्तिहरू जो थिए— र तिनीहरू जस्‍ता भए तापनि मलाई त केही फरक पर्दैन, परमेश्‍वरले मानिसको पनपक्ष गर्नुहुन्‍न— यिनीहरूले मेरो सन्‍देशमा केही थपिदिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती मण्डलीका प्रतिष्‍ठित अगुवाहरूले मेरो सन्देशमा केही कुरा थपेनन्। तिनीहरू जोसुकै भए तापनि मलाई केही फरक पर्दैन; किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
तर ठूला-बड मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्।
Nepali Tamang 2011
थेनीगदे सेबा घोबा मण्‍डलीदा च्‍याबा म्‍हिगदे तसैनोन ङाइ पाङ्बा तामदा आहिन भिसी आपाङ्नी। ओच्‍छे थेनीगदे सेबा घोबान मुसैनोन ङादेन थेनीगदे न्‍हङरी तिगै फरक आरे। तिग्‍दा भिसम परमेश्‍वरसे खालैला ली च्‍यासी गे आलमुला।