Galatians 2:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो मेरो लागि परमेश्‍वरको ठूलो अनुग्रह हो। यस कुरालाई याकूब, पत्रुस र यूहन्‍नाजस्‍ता अगुवाहरूले पनि मानेका छन्। यसकारण उनीहरूले बारनाबास र मलाई हात मिलाउँदै आफ्‍नो संगतिमा लिए। हामीचाहिँ अरू जातिका बीचमा काम गर्ने भयौं अनि उनीहरूचाहिँ इस्राएलीहरूका बीचमा काम गर्ने भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूब, केफास र यूहन्‍ना, जो मण्‍डलीका खम्‍बाहरू थिए, तिनीहरूले ममाथि भएको अनुग्रह थाहा पाएपछि मलाई र बारनाबासलाई सङ्गतिको दाहिने हात दिए। हामी अन्‍यजातिहरूकहाँ जाने र उनीहरूचाहिँ खतनाकाहरूकहाँ जाने भन्‍ने निश्‍चय गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मण्डलीका खम्बाहरू कहलिएका याकोब, पत्रुस र यूहन्‍नाले मलाई दिइएको अनुग्रहबारे थाहा पाएपछि बारनाबास र मलाई सङ्गतिको दाहिने हात बनाए। तब उनीहरूले हामीचाहिँ गैरयहूदीहरूकहाँ जान र उनीहरूचाहिँ यहूदीहरूकहाँ जान भनी निश्‍चय गरे।
Nepali ERV (पवित्र बाइबल)
याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”
Nepali Tamang 2011
मण्‍डलीला मण्‍डलीदा च्‍याबा म्‍हिगदे याकूब, पत्रुसदेन यूहन्‍नासे ङाथोरी परमेश्‍वरला दयामाया मुला भिसी था याङ्जी। थेतबासेलमा थेनीगदेसे बारनाबासदेन ङादा मान लसी संगती लबारी जिम्‍मा पिन्‍जी। जमाहेन्‍से ङनी चा अर्गु य्‍हुलला म्‍हिगदेला गुङरी गे लबा थेनीगदे चा यहूदीगदेला गुङरी गे लबा तामरी पक्‍का लजी।