Galatians 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा अब व्यवस्थाबाट कोही पनि परमेश्‍वरको अगाडि ठीक ठहरिंदैन किनभने धर्मशास्‍त्रमा लेखिएको छ, “विश्‍वासबाट परमेश्‍वरको अगाडि ठीक ठहरिने मानिस नै जिउनेछ,”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको दृष्‍टिमा व्‍यवस्‍थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्‍ने कुरा प्रत्‍यक्ष छ। किनभने “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा प्रष्‍ट छ, परमेश्‍वरको दृष्‍टिमा व्यवस्थाद्वारा कोही मानिस धर्मी ठहरिन सक्दैन, किनकि “धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसैबाट यो प्रष्ट हुन्छ कि व्यवस्थाद्वारा कसैलाई परमेश्वरमा धार्मिक बनाउन सकिंदैन। “जो मानिस विश्वासद्वारा परमेश्वरसँग ठीक छ, उ सधैं बाँचिरहन्छ।”
Nepali Tamang 2011
थेतबासेलमा परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमथोरी जे भर लबा म्‍हि चा खालैनोन परमेश्‍वरदा सेम निबा म्‍हि दोबारी आखम भिबा ताम प्रस्‍टन मुला। तिग्‍दा भिसम “विश्‍वासग्‍यामसे जे परमेश्‍वरदा सेम निबा म्‍हि दोसी सोखम्‍ला” भिसी बचनरी भ्रिबा मुला।