Galatians 3:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टले हाम्रा लागि सराप बोक्‍नुभयो अनि व्यवस्थाको सरापबाट हामीलाई छुटकारा दिनुभएको छ। धर्मशास्‍त्रले भन्‍दछ, “रूखमा झुन्‍ड्याइनेले सराप पाएको हुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा निम्‍ति सराप बनेर ख्रीष्‍टले हामीलाई व्‍यवस्‍थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्‍डिने हरेक श्रापित हुन्‍छ” भन्‍ने लेखिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा निम्ति श्राप बनेर व्यवस्थाको श्रापबाट दाम तिरी ख्रीष्‍टले हामीलाई उद्धार गर्नुभयो; किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “काठमा झुण्ड्याइएको हरेक श्रापित हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्डयाइन्छ त्यो श्रापित हो।
Nepali Tamang 2011
परमेश्‍वरसे मोशादा पिन्‍बा ठिम अन्‍छार य्‍हाङसे याङ्तोःबा सजाय ख्रीष्‍टसेन नाजी, ओच्‍छे सय फासी य्‍हाङदा थे सजायग्‍याम फेजी। तिग्‍दा भिसम “परमेश्‍वरग्‍याम सजाय याङ्बादा जे क्रुसरी च्‍योसी साइला” भिसी परमेश्‍वरला बचनरी भ्रिबा मुला।