Galatians 3:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले ख्रीष्‍टबाट अब्राहामको आशिष् अरू जातिका मानिसलाई मिल्‍दछ अनि विश्‍वासद्वारा परमेश्‍वरले प्रतिज्ञा गरेको आत्‍मा हामी पाउन सक्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष्‌ ख्रीष्‍ट येशूद्वारा अन्‍यजातिहरूमा आओस्, र हामी विश्‍वासद्वारा प्रतिज्ञाका पवित्र आत्‍मा प्राप्‍त गर्न सकौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले हामीलाई मोल तिरेर उद्धार गर्नुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूकहाँ पुगोस्; अनि विश्‍वासद्वारा नै हामी परमेश्‍वरको आत्माको प्रतिज्ञा पाउन सकौँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको आशिष सबै मानिसले पाउन सकुन् भनी ख्रीष्टले त्यसो गर्नु भएको हो। परमेश्वरले अब्राहामलाई यो आशिष प्रतिज्ञा गरे जुन ख्रीष्ट येशू मार्फत आउँदछ। येशू मर्नु भयो जसमा कि पवित्र आत्मा जुन परमेश्वरले प्रतिज्ञा गर्नु भएको हामी पाउन सकौं। हामी यो प्रतिज्ञा विश्वासद्वारा पाउँछौं।
Nepali Tamang 2011
थेतबासेलमा अब्राहामसे याङ्बा परमेश्‍वरला मोलम अर्गु य्‍हुलला म्‍हिगदेसेनोन याङ्‌गै भिसी ख्रीष्‍ट येशूसे पापला सय फासी य्‍हाङदा पापग्‍याम फेजी। ओच्‍छे परमेश्‍वरसे ह्राङला आत्‍मा पिन्‍ना भिसी लबा कबुल य्‍हाङसे विश्‍वासग्‍याम याङ्ला।