Galatians 3:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, उदाहरणको लागि मान्छेकै कुरा गरौं। दुई जना मानिसले पनि कुनै कुरामा सहीछाप गरे भने पछि उसले कुनै कुरो पनि थप्न वा घटाउन सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऔं, एक चोटि पक्का भइसकेपछि मानिसले बनाएको इच्छापत्र कसैले रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, म एउटा प्रचलित उदाहरण दिन्छु। जब मानिसको सहमतिमा करारपत्र पक्का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छुः जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हुन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थप्न नै सक्छ।
Nepali Tamang 2011
च्यागो ज्योज्यो आले नाना आङागदे, ङाइ एनीगदेदा म्हि न्हीला गुङरी लबा कबुलला बारेरी पाङ्ला, थेन्नीसे कबुल लसी कागजरी सही छाप लमाहेन्से थेरी भ्रिबा ताम लिच्छा घटबट लबारी आखम, आहिन भिबारी आखम।