Galatians 3:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँ पनि परमेश्वरले अब्राहामलाई एउटा मात्रै सन्तानको प्रतिज्ञा गर्नुभयो। धेरै जना होइन, एउटा मात्रै भनिएको छ। एउटा मात्रै सन्तान भनेको ख्रीष्ट हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएका थिए। धर्मशास्त्रले “सन्तानहरूलाई” भन्दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्छ। तर धर्मशास्त्रले “तिम्रो सन्तानलाई” भन्छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले, “सन्तानहरूलाई,” भन्दैन, अर्थात् धेरै मानिसहरू हो, तर “तेरा सन्तानलाई”, जसको अर्थ एउटा व्यक्ति, जो ख्रीष्ट हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञा गरेका थिए। परमेश्वरले “अनि तिम्रा सन्तानहरूलाई” भन्नु भएन, जसको अर्थ एक जना मानिस ख्रीष्ट मात्र हुन्छ।
Nepali Tamang 2011
परमेश्वरसे अब्राहामदा सन्तान पिन्ना भिसी कबुल लबा मुबा। थेदा ल्हानान सन्तान पिन्ना भिसी आहिन, तर गिक जे पिन्ना भिसी कबुल लबा मुबा। थे सन्तान गिक भिबा चा ख्रीष्टनोन हिन्ना।