Galatians 3:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले दिन्‍छु भनेको हक व्यवस्था पालन गरेर पाइने हो भने त त्‍यो प्रतिज्ञा नै भएन। तर यो त परमेश्‍वरले प्रतिज्ञा गरेर अब्राहामलाई दिइसक्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उत्तराधिकार व्‍यवस्‍थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन। तर परमेश्‍वरले प्रतिज्ञाद्वारा नै अब्राहामलाई यो दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्‍वरले उहाँको अनुग्रहमा प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
करारलाई मान्दा परमेश्वरले गरेको प्रतिज्ञा पाइन्छ र? पाइँदैन। यदि व्यवस्था मान्दा ती वस्तुहरू हामीले पाइने भए त्यो प्रतिज्ञाबाट होइन। तर अब्राहामको पक्षमा आफ्नो प्रतिज्ञाको आधारमा उपहार स्वरूप परमेश्वरले उनलाई आशिष दिनु भयो।
Nepali Tamang 2011
चुदे मोशादा पिन्‍बा ठिम तेन्‍सी य्‍हाङसे परमेश्‍वरला सन्‍तान दोबा हक याङ्बा हिन्‍सम, थे हक परमेश्‍वरसे लबा कबुलग्‍याम याङ्बा आतसेला मुबा। तर परमेश्‍वरसे लबा कबुल अन्‍छार थे हक अब्राहामदा पिन्‍सी जिन्‍बा मुबा।