Galatians 3:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो भए व्यवस्था किन दिइयो त? पाप चिनाउन दिइयो अनि प्रतिज्ञा गरेको अब्राहामका सन्तान नआउञ्जेल यसको काम पर्यो। व्यवस्था स्वर्गदूतहरूले मध्यस्थद्वारा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब व्यवस्थाको आवश्यकता किन पर्यो त? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउञ्जेल अपराधको कारणले व्यवस्था थपियो। अनि एक जना मध्यस्थले स्वर्गदूतहरूद्वारा व्यवस्थाको स्थापना गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, त्यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेल यो व्यवस्था स्वर्गदूतहरूद्वारा एक जना मध्यस्थकर्तालाई सुम्पिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसो हो भने व्यवस्था किन आवश्यक परयौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउञ्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे।
Nepali Tamang 2011
थेह्रङ् भिसम दाहेन्से परमेश्वरसे मोशादा पिन्बा ठिम तिग्दा तोःजी? तिग्दा भिसम म्हिगदेसे लबा पाप गेगदे उन्बाला लागिरी ओच्छे परमेश्वरसे अब्राहामदा सन्तान पिन्ना भिसी लबा कबुल पूरा आततेधोनाला लागिरी जे हिन्ना। चु ठिम म्हिगदेदा परमेश्वरदेन छ्याम ढिक्ना लबाला लागिरी स्वर्गदूतगदेग्याम म्हि गिकसे स्होबा हिन्ना।