Galatians 3:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भए के व्यवस्था परमेश्‍वरको प्रतिज्ञाको विरोधी हो? अँहँ, होइन। मानिसले जीवन पाओस् भनेर व्यवस्था दिएको भए, व्यवस्थाले नै मानिसलाई परमेश्‍वरको अगाडि ठीक ठहराउने थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब के व्‍यवस्‍था परमेश्‍वरका प्रतिज्ञाहरूका विरुद्ध छ र? कदापि छैन। यदि जीवित पार्न सक्‍ने व्‍यवस्‍था दिइएको भए, धार्मिकता साँच्‍चै व्‍यवस्‍थाबाट हुनेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्‍चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो।
Nepali ERV (पवित्र बाइबल)
के यसले व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं।
Nepali Tamang 2011
थेह्रङ् भिसम परमेश्‍वरला ठिम तिग परमेश्‍वरसे लबा कबुलला बिरोधरी मुला? आरे। चुदे म्‍हिगदेसे थार्बा याङ्‌गै भिसी थे ठिम पिन्‍बा हिन्‍सम ठिमग्‍यामसेन म्‍हिगदे परमेश्‍वरदा सेम निबा म्‍हि दोसेला मुबा।