Galatians 3:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई प्रतिज्ञा गरेको आशिष् विश्वास गर्नेहरूले नै पाऊन् भनेर सारा संसार पापको कैदमा छ भनी धर्मशास्त्रले बताउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर धर्मशास्त्रले बताउँछ, कि सबै कुरा पापको कैदमा छ, ताकि जुन प्रतिज्ञा येशू ख्रीष्टमाथि विश्वासद्वारा दिइएको थियो, त्यो विश्वास गर्नेहरूलाई दिइओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्टमा विश्वासद्वारा पाइन्छ; अनि जस-जसले विश्वास गर्दछन्, उनीहरूलाई दिइनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर यो साँचो होइन, किन कि धर्मशास्त्रले घोषणा गर्छ कि सबै मानिसहरू पापका कैदी हुन्। यसको अर्थ हुन्छ कि मानिसहरूलाई दिइएको प्रतिज्ञा विश्वासद्वारा दिइन्छ। यो येशू ख्रीष्टमा विश्वास राख्ने मानिसहरूलाई दिइएको थियो।
Nepali Tamang 2011
तर परमेश्वरला बचनसे चुह्रङ् भिसी पाङ्बा मुला, जम्बुलिङला जम्मान म्हि पापला तहरी मुला। थेतबासेलमा जुन म्हिसे येशू ख्रीष्टदा विश्वास लला, थेसे परमेश्वरसे पिन्ना भिसी लबा कबुल विश्वासग्यामसेन याङ्ला।