Galatians 3:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले आत्मा दिएर तिमीहरूका माझमा अचम्मको काम गर्नुभयो। के यो तिमीहरूले व्यवस्था मानेकोले भएको हो कि सुसमाचार सुनेर विश्वास गरेकोले हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ, र तिमीहरूका माझ आश्चर्यकर्महरू गर्नुहुन्छ, के यो सबै उहाँले व्यवस्थाका तिमीहरूका कामको कारणले गर्नुभएको हो, कि सुनेका वचनमा तिमीहरूले विश्वास गरेको कारणले हो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म फेरि पनि सोध्न चाहन्छु, परमेश्वरले तिमीहरूलाई उहाँको आत्मा दिनुभएर तिमीहरूका माझमा अचम्मका कामहरू गर्नुभएको छ, यो व्यवस्थाको कर्मद्वारा हो वा तिमीहरूले सुनेका सन्देशको विश्वासद्वारा गर्नुभएको हो?
Nepali ERV (पवित्र बाइबल)
व्यवस्था मान्छौ भनेर परमेश्वरले येशूको आत्मा दिनुभएको हो? होइन। व्यवस्था मान्छौ भनेर परमेश्वरले तिमीहरू बीच चमत्कार गरेका हुन्? होइन। तिमीहरूले सुसमाचार सुन्यौ र यसमा विश्वास गर्यों भनेर परमेश्वरले आफ्नो आत्मा दिनु भएको र चमत्कार गर्नु भएको हो।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्वरसे एनीगदेदा ह्राङला आत्मा पिन्बा मुला, ओच्छे एनीगदेला गुङरी उदेकला गेगदे लबा मुला। तिग चु जम्मान परमेश्वरसे मोशादा पिन्बा ठिम अन्छार एनीगदेसे गे लबासे लमा तबा हिन्ना, कि थार्बा पिन्बा समाचार थेःसी विश्वास लबासे लमा तबा हिन्ना?