Galatians 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघि नै धर्मशास्‍त्रमा अरू जातिका मानिसहरू पनि विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिन्‍छन् भन्‍ने लेखिएको थियो। त्‍यसैकारण अब्राहामलाई उहिले नै सुसमाचार यसरी सुनाइयो, “तिमीबाटै पृथ्‍वीमा हुने सबै जातिका मानिसलाई परमेश्‍वरको आशिष् मिल्‍नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले अन्‍यजातिहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ भन्‍ने धर्मशास्‍त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष्‌ पाउनेछन्‌” भन्‍ने सुसमाचार अघिबाटै सुनायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मशास्त्रले पहिलेदेखि नै जानेर परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अगि नै अब्राहामलाई भनिसक्नुभएको थियो: “तँद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
धर्म शास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहमलाई यो सुसमाचार अघि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।”
Nepali Tamang 2011
ङाच्‍छान परमेश्‍वरला बचनरी अर्गु य्‍हुलला म्‍हिगदेएनोन विश्‍वासग्‍यामसेन परमेश्‍वरदा सेम निबा म्‍हि दोला भिसी भ्रिबा मुबा। थेतबासेलमा दङबोरीन परमेश्‍वरसे अब्राहामदा “एग्‍यामसे जम्‍मान य्‍हुलला म्‍हिगदेसे मोलम याङ्ला” भिसी ज्‍यबा समाचार थेःना लबा मुबा।