Galatians 4:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहो, त्‍यस बेला तिमीहरू कति खुसी थियौ, सम्भव भए त्‍यस बेला तिमीहरूले आफ्‍ना आँखा निकालेर मलाई दिनुपरे पनि दिन तयार थियौ। म यसको साक्षी छु। तर अहिले के भयो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले अनुभव गरेको सन्‍तोष कता गयो? किनभने म गवाही दिन सक्‍छु, कि यदि सम्‍भव भए तिमीहरूले आफ्‍ना आँखासम्‍म पनि निकालेर मलाई दिनेथियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मसँग अनुभव गरेको तिमीहरूको त्यो आनन्द कता गयो? म गवाही दिन सक्छु, यदि सम्भव भएको भए तिमीहरूले आफ्नै आँखाहरूसमेत निकालेर मलाई दिनेथियौ।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई संझना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ।
Nepali Tamang 2011
थे धुइरी एनीगदे गाते ताङ्‍बा मुबा, तबा हिन्‍सम एनीगदेसे ह्राङला मीनोन तेःसी पिन्‍तोःसै ङादा पिन्‍बारी तयार मुबा भिबा ताम ङादा था मुला। तर दान्‍दे चा एनीगदेदा तिग तजी?