Galatians 4:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू मानिसहरूले पनि तिमीहरूमा ठूलो चासो देखाउँदछन्। तर राम्रो चिताएर त होइन। उनीहरू मबाट तिमीहरूलाई फुट गराएर आफैंतिर तान्‍न चाहन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई आफूपट्टि तान्‍न तिनीहरू खूबै जोश देखाउँछन्, तर असल अभिप्रायले होइन। तिमीहरूले बढ़ी उत्‍साहसाथ तिनीहरूलाई स्‍वीकार गर भनेर तिनीहरूले हामीबाट तिमीहरूलाई अलग पार्न खोज्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती यहूदी अगुवाहरू डाहको कारण तिमीहरूको मन जित्न खोजिरहेका छन्, तर असल विचारले होइन। तिनीहरूले तिमीहरूलाई हामीबाट अलग पार्न मात्र चाहन्छन्, ताकि तिमीहरू उनीहरूका निम्ति जोशिलो हुन सक।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खड हौ। तिमीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरूलाई होइन।
Nepali Tamang 2011
स्‍य्‍हान्‍दो म्‍हिगदेसेनोन एनीगदेदा वास्‍ता लमुला। तर ज्‍यबा सेमसे वास्‍ता लबा आहिन। थेनीगदेसे एनीगदेदा ङाइ लोप्‍बा ताम ख्‍लासी ह्राङला लिच्‍छा भ्रबा म्‍हि स्‍होबारी म्‍हाइबा हिन्‍ना।