Galatians 4:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैबाट हामी बुझ्न सक्छौं, ती दुईटी स्त्रीहरूले परमेश्वरसँगको दुई करारलाई बुझाउँछन्। सीनै पर्वतको व्यवस्थाको पुरानो करारचाहिँ कमारी हागार हो। यसका सन्तानहरू नै कमाराहरू हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरालाई रूपक दृष्टान्तको रूपमा लिन सकिन्छ। ती स्त्रीहरू दुई किसिमका करारहरू हुन्। एउटीचाहिँ सीनै पर्वतबाट दासत्वको लागि सन्तान जन्माउने हागार हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरालाई उदाहरणको रूपमा लिइएको छ: दुई स्त्रीहरूले दुई वटा करारलाई प्रतिनिधित्व गर्दछन्। एउटा करारचाहिँ सीनै पर्वतबाट हो, र यसले दासत्वको निम्ति जन्मिएका सन्तानलाई प्रतिनिधित्व गर्दछ, जो हागार हो।
Nepali ERV (पवित्र बाइबल)
यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खड गर्छ। ती दुइ स्त्रीहरू परमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सीनै पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागार नाउँकी आमा त्यही करार जस्तो हो।
Nepali Tamang 2011
चु म्रिङम्हेमे न्हीनोन परमेश्वरसे लबा कबुलगदे ह्रङ्बा हिन्ना। चु कबुलगदे तिग हिन्ना भिबा ताम चु म्रिङम्हेमे न्हीग्यामसेन म्राङ्बा मुला। म्रिङम्हेमे गिक चा हागार हिन्ना। थे चा परमेश्वरसे सीनै भिबा गङरी मोशादा पिन्बा ठिम ह्रङ्बान हिन्ना। थे ठिमला नोकरगदे चा थेलान कोलागदे हिन्ना।