Galatians 4:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्‍त्रले पनि भन्‍दछ, “छोरा-छोरी जन्‍माउनुनपर्ने बाँझी हो खुसीले रमाऊ, सुत्‍केरी व्‍यथा थाहा नपाउने हो, खुसीले कराऊ किनभने लोग्‍ने हुनेभन्दा नहुनेका धेरै सन्‍तान हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने लेखिएको छ, “हे नजन्‍माउने बाँझी, आनन्‍द गर, हे प्रसवपीडा थाहा नपाउने, मन खोलेर कराऊ, किनभने पति भएकी स्‍त्रीभन्‍दा त्‍यागिएकी स्‍त्रीका छोरा-छोरी धेरै छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि धर्मशास्त्रमा लेखिएको छ: “हे बाँझी स्त्री, आनन्द गर्, तँ जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्; आनन्दसाथ र चर्को सोरमा करा; हे प्रसव वेदना कहिल्यै थाहा नपाउने तिमी; किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ पति भएकी स्त्रीका भन्दा धेरै छन्।”
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रमा यो लेखिएको छः “खुशी होऊ हे बाँझी नारी! जसले कुनै बालकलाई जन्म दिनु सकिनौ, र्हषले कराऊ, जोडले चिच्याऊ कि प्रसव पीड तिमीले कहिल्यै अनुभव गरिनौ। त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्, पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।” यशैया 54: 1
Nepali Tamang 2011
तिग्‍दा भिसम बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “कोलागदे आतबा म्रिङम्‍हेमे, ए ताङ्‍गो। ओच्‍छे कोला न्‍हबा बेथानोन था आयाङ्बा म्रिङम्‍हेमे, ए सेमहेन्‍सेन ताङ्सी क्रिङ्‍गो। तिग्‍दा भिसम कोला तबा म्रिङम्‍हेमेला भन्‍दा कोला आतबा म्रिङम्‍हेमेला कोलागदे ल्‍हानान तला।”