Galatians 4:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी परमेश्‍वरकै सन्‍तान हौं भनी देखाउन उहाँले आफ्‍ना छोराको आत्‍मा हाम्रो हृदयमा राखिदिनुभएको छ। त्‍यही आत्‍माले हाम्रा हृदयबाट “हे अब्‍बा, हे बुबा,” भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू पुत्र भएका हुनाले परमेश्‍वरले आफ्‍ना पुत्रको आत्‍मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्‍बा, पिता!” भनेर पुकार्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्‍वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभएको हो। त्यही आत्माले उहाँलाई, “ अब्बा, पिता” भनी पुकार्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौ। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “बाबा, पिता।”
Nepali Tamang 2011
दाहेन्‍से य्‍हाङ परमेश्‍वरला सन्‍तान दोबा मुला। थेतबासेलमा परमेश्‍वरसे ह्राङलान झाला आत्‍मा य्‍हाङला सेमरी पुइखबा मुला। थेनोन आत्‍मासे य्‍हाङदा सेमहेन्‍सेन “परमेश्‍वर आबा” भिसी पाङ्पुङ्मुला।