Galatians 4:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ अथवा यसो भनौं, परमेश्वरले तिमीहरूलाई चिन्नुभएको छ र अब कसरी ती पुरानै कमजोर बेकम्मा आत्माहरूकहाँ फर्की जान चाहन्छौ? तिमीहरू फेरि किन तिनीहरूको कमारा बन्न चाहन्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ, अथवा परमेश्वरबाट चिनिएका छौ, र पनि फेरि कसरी तिमीहरू ती निर्बल र सुरु-सुरुका तुच्छ सिद्धान्तहरूतिर फर्कन्छौ र फेरि तिनका दास बन्न चाहन्छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहिले तिमीहरूले परमेश्वरलाई चिनेका छौ, अथवा परमेश्वरले तिमीहरूलाई चिन्नुहुन्छ, तब किन तिमीहरू फेरि फर्केर ती व्यर्थ र आधारभूत सिद्धान्तहरूतर्फ लाग्दछौ? के तिमीहरू फेरि पनि ती सबै कुराहरूको सेवक बन्न चाहन्छौ?
Nepali ERV (पवित्र बाइबल)
अब तिमीहरूले साँचो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन र्फकन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ?
Nepali Tamang 2011
तर एनीगदेसे परमेश्वरदा ङोसेबा भन्दाएनोन परमेश्वरसे एनीगदेदा ङोसेबा मुला। थेह्रङ् भिसम दोःसी एनीगदे तिग्दा जम्बुलिङरी मुबा थेह्रङ्बा गे आखेल्बा कमजोर आत्माला नोकर दोसी भ्रबा?