Galatians 5:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, म खतना लाउनैपर्छ भनेर प्रचार गर्छु भने किन मैले अझै खेदो भोग्ने? यो कुरो साँचो भए क्रूसको बलिदानको प्रचारमा कसैले विरोध गर्ने थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भाइ हो, यदि म अझै खतनाको प्रचार गर्दछु भने ममाथि यी सब सतावट किन आएका? त्यसो हो भनेता क्रूसबाट आउने बाधा गएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, यदि मैले अझै पनि खतनाकै बारेमा प्रचार गरिरहेको छु भने किन म अझै सताइएको छु त? यसो हो भने क्रूसको बाधा हटाइएको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरा दाज्यु-भाईहरू हो! मानिसले खतना गर्नै पर्छ भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदैछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब क्रूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन।
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङागदे, ङाइ अझ खतना लनोन तोःला भिसी पाङ्सी भ्रसम तिग्दा चुह्रङ् लसी दुख नातोःसेला। खतना लबा ताम सत्य हिन्सम ख्रीष्ट येशू क्रुसरी सिबा ताम पाङ्मा खालैसेन बिरोध आलसे मुबा।