Galatians 5:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डाहा गर्नु, मात्नु, मोज-मज्जा गर्नु र यस्तै-यस्तै अरू काम गर्नु। त्यस्ता कामहरू गर्ने परमेश्वरको राज्यका हकदार हुन पाउनेछैनन् भनी मैले पहिले पनि चेतावनी दिएँ र अहिले पनि दिंदै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र डाह; मतवालापन, मोजमज्जा यस्तै अरू कुराहरू। म पहिला जस्तै, अहिले पनि चेतावनी दिन्छु, जो व्यक्ति यस प्रकारले जिउँदछ, ऊ परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
डाह, मदपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेताउनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्।
Nepali Tamang 2011
डाह लबा, ङ्य्होइसी भ्रबा, मोजमजा लबादेन चुह्रङ्बान अर्गु पाप गेगदे लबा। ङाइ चुह्रङ्बा गे लबा म्हिगदेदा परमेश्वरला य्हुल्सारी वाङ्आम्याङ् भिसी ङाच्छाएनोन पाङ्बा मुबा, दान्देनोन पाङ्बान मुला।