Galatians 5:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खतना गरे पनि, नलाए पनि ख्रीष्ट येशूमा केही फरक हुँदैन। तर चाहिने कुरो त प्रेमद्वारा काम गर्ने विश्वास हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्ट येशूमा न त खतना केही मूल्यको न बेखतना केही मूल्यको हुन्छ। तर एउटै कुराको मात्र मूल्य छ, अनि त्यो हो— प्रेमद्वारा काम गर्ने विश्वास।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई खतना होस् वा बेखतना, कुनै मूल्य छैन; तर प्रेमद्वारा व्यक्त गरिने विश्वासको मात्र मूल्य छ।
Nepali ERV (पवित्र बाइबल)
कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफै प्रकट हुन्छ।
Nepali Tamang 2011
तिग्दा भिसम ख्रीष्ट येशूदा विश्वास लमाहेन्से खतना लसै आलसै तिगै आहिन। तर गिकसेम गिकदा माया लसी विश्वासला गे लबा चा मुल ताम हिन्ना।