Galatians 6:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, कसैले नराम्रो काम गरेको भेटियो भने आत्मामा जिउने तिमीहरूले नम्र भएर उसलाई सुधार्नुपर्छ। यसमा आफैं पनि नराम्रो काममा नफसिओस् भनेर होशियार हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिस पापमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफैँ पनि होसियारी बस; नत्रता तिमी पनि परीक्षामा परौला।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ।
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङागदे, चुदे खालै म्हिसे आज्यबा गे लबा स्याप्जी भिसम एनीगदे परमेश्वरला आत्माग्याम पाको दोबागदेसे थेदा ज्यना लसी घोना लउ। तर एनीगदे ह्राङएनोन फसब आतबारी होशियार तसी चिउ।