Galatians 6:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खतना लिनेहरू आफैं पनि व्यवस्थाले भनेझैँ गर्दैनन्। तर खतनाको रीति पालन गर्न लाग्यौं भनी घमण्ड गर्न मात्र उनीहरू तिमीहरूलाई गर्न लगाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि खतना गर्नेहरू आफै पनि व्यवस्था पालन गर्दैनन्, तर तिमीहरूको शरीरमा घमण्ड गर्नको निम्ति तिमीहरूले खतना गरेको तिनीहरू चाहन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खतना गर्नेहरूले पनि व्यवस्था पालन गर्दैनन्, तापनि तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्, ताकि तिमीहरूको शरीरको खतनामा उनीहरूले घमण्ड गर्न सकून्।
Nepali ERV (पवित्र बाइबल)
जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफै व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफुमा गर्व गर्छन्।
Nepali Tamang 2011
जुन म्हिगदेसे एनीगदेदा खतना लतोःला भिसी पाङ्मुला थेनीगदे ह्राङसेनोन ठिमरी पाङ्बा अन्छार गे आलमुला। तर घमण्ड लबारी जे एनीगदेसे खतना लगै भिसी थेनीगदेसे म्हन्मुला।