Genesis 1:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी पृथ्‍वीले हरेक प्रकारका रूखपात उमार्‍यो र यो देखेर परमेश्‍वर खुसी हुनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भूमिले वनस्पति उमार्‍यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्‍यो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।