Genesis 1:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमेश्वरले आज्ञा गर्नुभयो, “दिन र रात छुट्ट्याउन र दिन, वर्ष र धर्मिक चाडहरू जनाउन आकाशमा ज्योतिहरू देखा परून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमेश्वरले भन्नुभयो, “अन्तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्हको रूपमा काम गरून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू जनाउने चिन्हहरू होऊन्।
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट्याउनेछन्। यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन्। अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ।