Genesis 1:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्‍वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्‍पन्‍न गरोस्,” अनि त्‍यस्‍तै भइहाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्वीले विभिन्‍न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्‍न गरोस्।” तब त्यस्तै भयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।