Genesis 1:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले आशिष् दिँदै यसो भन्नुभयो, “तिम्रा धेरै छोरा-छोरीहरू होऊन् र तिम्रा सन्तानले सारा पृथ्वी भरून् र त्यसमाथि अधिकार गरून्। माछा, चरा-चुरुङ्गी र सबै जङ्गलका पशुहरू म तिम्रा हातमा दिँदै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।”