Genesis 1:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीहरूलाई सबै प्रकारका अन्‍न र फलहरू खानलाई दिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभयो, “हेर, म तिमीहरूलाई सम्पूर्ण पृथ्वीमा प्रत्येक बिउ भएका बिरुवा र फलमा बिउ भएका प्रत्येक रूख दिन्छु। ती तिमीहरूका भोजनका निम्ति हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“म तिमीहरुलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरु दिन्छु। ती रुखहरुले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरु दिनेछन् र यी अन्न र फलहरु तिमीहरुको निम्ति खाद्य-पदार्थ हुनेछन्।