Genesis 1:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सबै जङ्गली पशुहरू र चरा-चुरुङ्गीको लागि चाहिँ तिनीहरूलाई खानलाई घाँस-पातहरू दिएको छु।” अनि त्‍यस्‍तै भइहाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पृथ्वीमा भएका सबै पशुहरू र आकाशमा भएका सबै चराहरू र जमिनमा चलहल गर्ने सबै प्राणीहरू—जीवनको सास भएका प्रत्येकका निम्ति—म आहाराको लागि हरियो वनस्पति दिन्छु;” तब त्यस्तै भइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले, यी चीजहरु खानेछन्।” अनि यस्तै भयो।