Genesis 10:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै जातिहरू, भिन्न-भिन्न हाँगा र जातिअनुसार नोआका सन्तानहरू हुन्। जलप्रलयपछि पृथ्वीका सबै जातिहरू नोआका छोराहरूबाट जन्मेका मानिसहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नोआका छोराहरूका वंशहरू आ-आफ्ना जातिअनुसार यी नै हुन्। यीबाट जलप्रलयपछि पृथ्वीमा जाति-जाति अलग-अलग भएर जताततै फिँजिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्न जातिहरू फैलिँदै गए।
Nepali ERV (पवित्र बाइबल)
नूहका सन्तानको वंश अनुसार तिनीहरुका जातिहरु यी नै थिए। यिनीहरु आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरु फिंजिएका थिए।