Genesis 11:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्रामले साराईलाई र नाहोरले हारानकी छोरी मिल्कालाई विवाह गरे। हारान यिस्काका पनि बुबा हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राम र नाहोरले विवाह गरेर पत्नी ल्याए। अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। तिनी हारानकी छोरी थिइन्। हारानचाहिँ मिल्का र यिस्काका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राम र नाहोर दुवैले विवाह गरे। अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनीचाहिँ हारानकी छोरी थिइन्, जो मिल्का र यिस्का दुवैका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए।