Genesis 11:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरह आफ्‍ना छोरा-बुहारी अब्राम र साराई, आफ्‍नो नाति अर्थात् हारानका छोरा लोतलाई सँगै लिएर कनान देशमा जान बेबिलोनिया देशको ऊर सहरबाट हिंडे। तिनीहरू हारानसम्‍म गए र त्‍यहाँ बास गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरहले आफ्‍ना छोरा अब्राम र हारानको छोरो आफ्‍नो नाति लोत र अब्रामकी पत्‍नी आफ्‍नी बुहारी साराईलाई साथमा लिएर कल्‍दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्‍के। तर तिनीहरू हारानमा पुगेपछि त्‍यहीँ नै बसोबास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरहले अब्राम, आफ्नो नाति हारानको छोरा लोत र आफ्नी बुहारी साराई, अर्थात् आफ्नो छोरा अब्रामकी पत्नीलाई साथमा लिए; र कनान देशमा जानका निम्ति कल्दीहरूको ऊरबाट निस्के। तर हारानमा आइपुगेपछि तिनीहरू त्यहीँ बसोबास गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिंडे। तर तिनीहरू हारानसम्म गई त्यही बसो-बास गर्न थाले।