Genesis 12:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर राजाले साराईलाई रोजेका हुनाले परमप्रभुले राजा र महलका मानिसहरूबीच डरलाग्‍दा रोगहरू पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले अब्रामकी पत्नी साराईको कारण फारो र तिनको परिवारमा भयानक महामारीहरू पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
फिरऊनले अब्रामकी पत्नी साराईलाई राखेकोले परमप्रभुले फिरऊन र उसको परिवारमाथि कष्टदायक रोगहरू पठाउनु भयो।