Genesis 12:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले आफ्ना मानिसहरूलाई आज्ञा गरे र तिनीहरूले अब्रामलाई लिएर गए। उनकी स्वास्नी र सारा सम्पत्तिसहित उनलाई मिश्रदेशबाट पठाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि फारोले आफ्ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे, र तिनीहरूले अब्रामलाई तिनकी पत्नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब फारोले अब्रामको विषयमा आफ्ना मानिसहरूलाई आदेश दिए; अनि तिनीहरूले तिनलाई तिनकी पत्नी र तिनीसित भएका सबै थोकसहित त्यहाँबाट पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि फिरऊनले आफ्ना मानिसहरूलाई अब्रामलाई मिश्रदेशबाट बाहिर पठाउने आज्ञा दिए। यसर्थ अब्राम र तिनकी पत्नी तिनीहरूसित भएका सबै मानिसहरू नयाँ अरू कुराहरू लिएर त्यहाँबाट प्रस्थान गरे।