Genesis 12:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनी दक्षिणपट्टिका पहाडी ठाउँमा सरे, जुनचाहिँ बेथेल सहरको पूर्वमा पर्थ्‍यो। त्‍यहाँ उनले पश्‍चिमपट्टि बेथेल र पूर्वपट्टि ऐ सहरका माझमा आफ्‍नो पाल टाँगे। त्‍यहाँ उनले एउटा वेदी पनि बनाए र परमप्रभुलाई आराधना गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्‍नो पाल टाँगे। तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनी त्यहाँबाट बेथेलको पूर्वपट्टिका पहाडहरूतिर गए, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर तिनले आफ्नो पाल टाँगे। त्यहाँ तिनले याहवेहका निम्ति एउटा वेदी बनाए, र याहवेहको नामलाई पुकार गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेतेलको पूर्वको पहाडतिर यात्रा गरे अनि तिनले त्यहीं आफ्नो पाल बनाए। त्यस ठाउँबाट बेतेल पश्चिममा थियो र ऐ शहर पूर्वमा पर्थ्यो। तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे।