Genesis 13:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रबाट निस्‍केर अब्राम उत्तरतर्फ लागे र आफ्‍नी पत्‍नी र आफूसँग भएका सबै थोकहरू लिएर कनान देशको दक्षिण भागमा पुगे। लोत पनि उनीसँगै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राम, तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्‍लेर नेगेवमा आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी अब्राम आफ्नी पत्नी र आफूसित भएका सबै थोकहरू लिएर इजिप्टबाट दक्षिणतिर गए, र लोत पनि तिनको पछि लागे।
Nepali ERV (पवित्र बाइबल)
अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसंग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे।