Genesis 13:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी लोतले सारा यर्दनको बेसी आफ्‍नो लागि रोजे र पूर्वपट्टि गए। त्‍यसरी ती दुई छुट्टिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण लोतले यर्दनको जम्‍मै बेँसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण लोतले आफ्ना निम्ति यर्दनका सबै समथल भूमिलाई चुने; अनि पूर्वतिर लागे। यसरी यी दुई मानिसहरू एक-अर्काबाट अलग भए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे।