Genesis 13:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अब्रामले आफ्ना पाल सारेर हेब्रोनमा मम्रेका पवित्र रूखहरूका छेउमा बास गर्न थाले। त्यहाँ उनले परमप्रभुको लागि एउटा वेदी बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अब्रामले आफ्ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्यहाँ आएर तिनी त्यहीँ बसोबास गर्न लागे। त्यहाँ परमप्रभुको निम्ति तिनले एउटा वेदी बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब्रामले आफ्नो पाल सारे, र हेब्रोनमा मम्रेका फलाँटका ठूला रूखहरूको छेउमा गएर बसे; त्यहाँ तिनले याहवेहको निम्ति एउटा वेदी बनाए।
Nepali ERV (पवित्र बाइबल)
यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरु भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।