Genesis 13:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुवैका गाई-वस्‍तुलाई चर्ने ठाउँ पुग्‍दो भएन र ती दुई एकैसाथ बस्‍न सकेनन् किनभने तिनीहरूका पशुहरू साह्रै धेरै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्‍थामा धान्‍न सकेन, किनकि तिनीहरूका भेड़ाबाख्रा र गाईबस्‍तुहरूको सम्‍पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्‍ने भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरू एकैसाथ रहनका लागि जमिनले धान्‍न सकेन; किनकि तिनीहरूका सम्पत्तिहरू यति धेरै थिए कि तिनीहरू एकैसाथ रहन सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
अब्राम र लूतसित यति धेरै पशुहरू र सरसमानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ संगै बस्न असम्भव भयो।