Genesis 14:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेसीमा अलकत्राका खाडलहरू थिए। सदोम र गमोराका राजाहरू भाग्न खोज्दा ती खाडलहरूमा परे तर अरू तीन राजाहरू भागेर पहाडमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिद्दीमको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो। र सदोम र गमोराका राजाहरू भाग्दाभाग्दै तिनीहरूका कोही मानिसहरू त्यहीँ जाकिए। बाँकी मानिसहरूचाहिँ पहाड़तिर भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब सिद्धीमको बेँसीचाहिँ अलकत्राको खाल्डाले भरिएको थियो; अनि सदोम र गमोराका राजाहरू भाग्दा कति जना ती खाल्डाहरूमा खसे; अनि बाँकी रहेकाहरूचाहिँ पहाडहरूतिर भागे।
Nepali ERV (पवित्र बाइबल)
सिद्दीमको उपत्यकामा धेरै अलकत्राका खाल्डाहरू थिए। सदोम र गमोरका राजाहरू आफ्नो सेनाहरू समेत भागे। धेरै सेनाहरू ती खाल्डाहरूमा परे। तर रहेका सेनाहरू पहाडी अञ्चलतिर भागे।