Genesis 14:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एउटा मानिस उम्‍की भाग्‍यो र हिब्रू अब्रामकहाँ गई यो सबै कुरा सुनाइदियो। एमोरीको मम्रेका पवित्र रूखहरूछेउ अब्राम बास गरेका थिए। मम्रे र उनका भाइहरू एश्‍कोल र आनेर अब्रामका मित्र थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उम्‍केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्‍कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँबाट उम्केको एउटा व्यक्तिले आएर यो कुरा हिब्रू अब्रामलाई बताइदियो। अब्रामचाहिँ आफूसित वाचामा रहेका एश्कोल र आनेरका भाइ एमोरीका मम्रेका ठूला रूखहरूको छेउमा बसोबास गर्दैथिए।
Nepali ERV (पवित्र बाइबल)
लूतका मानिसहरूमा एकजना जो कैद भएको थिएन र हिबू अब्राम भएको ठाउँमा गएर के भएको थियो वृतान्त दियो। त्यस समय अब्राम एश्कोल र अनेर एमोरीको मम्रेको फलाँटको रूखहरू नजिकै बसेका थिए। तिनीहरूले एक-अर्कामा सहायता गर्नु भनी एउटा सम्झौतामा सही गरेका थिए। अनि तिनीले अब्रामलाई पनि सहायता गर्ने सम्झौता सही गरे।