Genesis 14:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूले लुटेर लगेका सबै चीजहरू फर्काइल्‍याए। उनले आफ्‍ना भतिजा लोत र उनका धन-सम्‍पत्ति र स्‍त्रीहरू र अरू कैद गरिएका मानिसहरूसमेत फर्काइल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्‍पत्ति, स्‍त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले सबै मालसामान फिर्ता ल्याए; अनि स्त्रीहरू र अरू मानिसहरूसहित आफ्ना नातेदार लोत र तिनका सम्पत्तिलाई फर्काइल्याए।
Nepali ERV (पवित्र बाइबल)
अब्रामले आफ्नो भतिजो लूत र उसको सम्पत्ति, स्त्रीहरू र अरू कैदीहरू दुबै फर्काएर ल्याए।