Genesis 15:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्रामले ती सबै परमेश्वरकहाँ ल्याए, आधा-आधा गरी दुई फ्याक पारे र ती टुक्राहरू आमुन्ने-सामुन्ने गरेर दुई पङ्क्तिमा राखिदिए। तर चराहरूचाहिँ काटेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले ती सबै उहाँकहाँ ल्याए, र माझमा दुई-दुई फ्याक पारेर हरेक फ्याक आमनेसामने राखिदिए। तर पक्षीहरूचाहिँ तिनले दुई-दुई फ्याक पारेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्रामले ती सबै उहाँकहाँ ल्याए, तिनीहरूलाई दुई टुक्रा गरी काटे र आधा भागलाई एक-अर्काको विपरीत दिशामा मिलाएर राखे; तर चराहरूलाई चाहिँ तिनले आधा गरी काटेनन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको निम्ति अब्रामले यी सबै कुराहरू ल्याएर यी सबै कुराको बलि चढाई ती सबलाई दुई-दुई टुक्रा पारे। तब अब्रामले प्रत्येक आधा भागलाई अर्को आधा भाग माथि र्तेस्याए। तर तिनले पंक्षीहरूलाई टुक्रा पारेनन्।