Genesis 15:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले उनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू अर्काको देशमा परदेशी हुनेछन्, त्‍यहाँ तिनीहरू कमारा बनाइनेछन् र चार सय वर्षसम्‍म तिनीहरूमाथि अत्‍याचार गरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “यो निश्‍चय जानिराख्, कि तेरा सन्‍तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्‍यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र चार सय वर्षसम्‍म तिनीहरू थिचोमिचोमा पर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले अब्रामलाई भन्‍नुभयो, “तैँले यो निश्‍चय जानिराख् कि तेरा सन्तानहरू चार सय वर्षसम्म अर्काको देशमा प्रवासी हुनेछन् र त्यहाँ तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैंले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय वर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय वर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ।