Genesis 15:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनलाई कमारा बनाउने जातिलाई म दण्ड दिनेछु र त्यो परदेशबाट तिनीहरू निस्कँदा आफूसँग धेरै धन-सम्पत्ति लिई आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू जुन जातिका दास बन्नेछन्, उनीहरूको पनि म इन्साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन-सम्पत्ति लिएर निस्किआउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिनीहरूले दास-दासी भएर सेवा गरेको देशलाई दण्ड दिनेछु; अनि पछि तिनीहरू त्यहाँबाट धेरै सम्पत्ति लिएर निस्किआउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोडनेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।